५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘ओलीको कदम अलाेकतान्त्रिक हाे’ – मानवअधिकारवादी पहाडी


२५ माघ २०७७, आइतबार  

0
Shares

गाैरीगंज २५, माघ / नागरिक आन्दोलनका अगुवा, मानवअधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री के.पी. शर्माकाे संसद विघटनकाे कदम अलाेकतान्त्रिक भएकाे बताएका छन् ।

गाैरीगंजमा आज मधेसी नागरिक समाजकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी पहाडीले केपी शर्मा ओलीले नेकपा, संसद र संविधानमा आगाे लगाएर संसद विघटनकाे कदम संवैधानिक हाे भन्दै क्रिते र हावादारी कुरा गर्दै हिडेकाे आराेप लगाए ।

ओलीले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको बताउँदै मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीले नेपाली जनता शान्ति र लोकतन्त्रको पक्षमा रहेको र अहिंसा शब्द संविधानमा लेख भन्दा नमानेकाे भन्दै संविधानलाई मृत्युदण्ड दिएकाे बताए ।
खडकप्रसाद ओली निर्दलीय व्यवस्थाकाे अवतार भएकाे भन्दै मानवअधिकारवादी पहाडीले २०४७ सालकाे संविधानलाई ब्युत्याई मुलुकलाई २०१७ सालतिर लान खाेजेकाे ठाेकुवा गरे ।
नागरिक बलियाे भयाे भने राष्ट्रियता हुने बताउदै पहाडीले लाेकतन्त्र बलियाे भने देश बलियाे हुने बताए । हुलाकी मार्गकाे निर्माणबारे काेट्याउदै उनले हुलाकी सडक बने मधेशकाे जनताकाे दैनिकी बदलिने बताए ।

शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीले ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली जनता रहेकाे बताउँदै ओली प्रवृत्तिको अन्त्यका लागि पुनः आन्दोलनमा उत्रनुपर्ने आवश्यकता औंल्याए ।
देशमा भष्ट्राचार बढेकाे भन्दै केपी शर्मा ओलीकाे कदम नेपाली जनताकाे प्राप्ति उपलब्धिलाई सखाफ पार्न उद्वत रहेकाे अध्यक्ष पुडासैनीले बताए ।

गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साह, गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, हरि साह लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे निरंकुशता र अधिनायकवादको विरुद्धमा संघर्ष गर्नु पर्नेमा जाेड दिए ।
तत्कालिन गाैरीगंज गाविसका पुर्व अध्यक्ष देवी प्रसाद राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सहजिकरण अग्रज पत्रकार रामरिझन यादवले गरेका थिए ।

मुनलाईट एकाडेमीका प्रिन्सिपल तथा सामाजिक व्यक्तित्व विजय सिंह गन्गाईकाे सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य घनश्याम रिजाल, नेपाली गाैरादह नगर सभापति यादवराज सेडाई, महासमिति सदस्य फुलवती राजवंशी, नाैताली राजवंशीलगायतकाे सहभागिता थियाे । कार्यक्रमको सञ्चालन हरि महताेले गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : ३१ बजे